"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल आइतबार स्वेदश फर्किंदै

प्रकाशित मिति :  १७ बैशाख २०८०, आईतवार १२:३९


काठमाडौँ ।  स्वास्थ्य उपचारका लागि आएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उनको उपचार हुँदै थियो । स्वास्थ्यमा क्रमिक सुधार भएपछि एम्स अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको हो । 

बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल र उनीसँग आएको टोली फर्किने तयारी छ । राष्ट्रपतिका छोरा चिन्तन पौडेलले स्वास्थ्यमा सुधार हुँदै गएपछि चिकित्सकहरूको सल्लाहमा फर्किने निर्णय भएको बताए । ‘चिकित्सकहरूले कम्तीमा थप ३ साता आइसोलेसनसहितको पूर्ण आरामको सुझाव दिएका छन्,’ उनले भने ।

राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार काठमाडौंको शिक्षण अस्पतालमा हुँदै आएको थियो । राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत ल्याइएको थियो । गत बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । उनलाई उच्च सुरक्षासहित एम्स पुर्‍याइएको थियो ।

उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री