"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकियो

प्रकाशित मिति :  ६ बैशाख २०८०, बुधबार ११:३०


काठमाडौँ । संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । 

बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल भएकाे छ । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । साेही सहमतिअनुसार आज बैठक बसेकाे हाे । 

आजकाे बैठकबारे जानकारी दिँदै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भने, ‘संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो, अर्को बैठकमा निर्णय गर्ने गरी आज कुनै ठाेस निर्णय भएन ।’  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ