"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष बाहेकको विकल्प छैन : महामन्त्री गगन थापा

प्रकाशित मिति :  २० चैत्र २०७९, सोमबार १६:४४


तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई कांग्रेसलाई लात हानेर, कांग्रेसको झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ भनेर प्रश्न गरेका छन् ।

तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र बदल्नुपर्ने कुरा यहीँ बसेर बदल्ने बताए । ‘नेपाली कांग्रेसभित्र जे भइरहेको छ ठीक भइरहेको छैन, नेपाली कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्नेछ’ उनले प्रश्न गरे, ‘तर कांग्रेसलाई लात हानेर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यहीँभित्र बसेर लड्नुपर्छ, संघर्ष गर्नुपर्छ ।’

महामन्त्री थापाले अगाडि भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत

काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल