"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको चेतावनी : जनयुद्ध दिवस मान्दैनौँ, संक्रमणकालीन न्यायको विषय फास्ट ट्र्याकमा पारित हुदैन

प्रकाशित मिति :  १६ चैत्र २०७९, बिहीबार १८:३८


काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले सरकारले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार रिपोर्टस् क्लबमा भएको कार्यक्रममा उनले जनयुद्धलाई हिंसा भन्दै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए।

‘०५२ सालदेखि नै जनयुद्ध होइन भनेर जनयुद्धको विरोध गरिराखेको हो। मैले यसको लगातार विरोध गरेको छु। जनयुद्ध नै होइन। त्यो एउटा सेन्टिमेन्टमा आएर, नेताको के स्वार्थ हो, कार्यकर्तालाई सेन्टिमेन्टमा महान परिवर्तन गरिन्छ भनेर लगाइएको थियो। उनीहरूको दोष छैन। तर, नेताहरूले जे गरे त्यो जनयुद्ध थिएन। जनयुद्ध त्यसलाई भनिँदैन। त्यो एउटा हिंसा थियो,’ ओलीले भने।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय १८ वर्ष रोकिएको भन्दै फास्ट ट्र्याकबाट अघि बढाउन नमिल्ने बताए। संसदमा छलफल नगरी फास्ट ट्र्याकमा गए विरोधमा उत्रने ओलीको चेतावनी छ ।

‘फास्ट ट्र्याक किन ? १८ वर्ष बित्यो। एक महिनामा हुन्छ भन्ने, दुई दिनमा तपाईं छलफल नै गर्न नदिई बहुमत छ भनेर यस प्रकारको मजाक गर्न पाउनुहुन्छ, नेपाली जनतासँग? संसद्जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरी फास्ट ट्र्याक तपाईंलाई अहिलेको अहिले किन चाहियो? यसको विरोध हुन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत

काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल