"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी नामकरणको विरोधमा हड्ताल, जनजीवन प्रभावित

प्रकाशित मिति :  २८ फाल्गुन २०७९, आईतवार ११:३१


विराटनगर । प्रदेशको नामकरणपछि कोशी प्रदेशमा लगातार बन्द हड्ताल हुन थालेको छ। पछिल्लो तीन दिनभित्र दुई दिन बन्द हड्ताल हुँदा जनजीवन प्रभावित बनेको छ ।  पहिचान पक्षधर दल तथा संगठनहरुले फागुन १७ मा नामकरण भएयता मात्रै दुई पटक प्रदेशमा बन्द हड्ताल गरिसकेका छन्।

गएको शुक्रबार मात्रै प्रदेशमा हड्ताल गरेका पहिचान पक्षधर शक्तिहरुले आइतबार बिहानैदेखि विभिन्न ठाउँमा यातायात तथा पसलहरु बन्द गराएका छन्।  लिम्बूवान संगठनका विभिन्न घटक, खम्बुवान संगठनहरुले आजको हड्ताल आह्वान गरेका हुन्। यसले प्रदेशको राजधानी विराटनगरमा सामान्य असर परे पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङसहितका पहाडी जिल्लाहरुमा प्रभाव पारेको छ। झापाका अधिकांश निजी स्कुल बन्द छन्। इलाममा पनि शैक्षिक क्षेत्रमा असर परेको छ। 

सुनसरीको धरान तथा इटहरी चोकमा बन्दकर्ता बिहानैदेखि भेला भएर यातायातका साधन रोकिरहेका छन्। कोशी प्रदेश प्रहरी प्रमुख  श्यामलाल ज्ञवालीका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएका छन्। उनले सवारी साधन चलिरहेको दाबी गरेका छन्। यद्यपि मुख्य राजमार्ग क्षेत्रमा केही निजी बाहेक अधिकांश साधन ठप्पै छन्। 

पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रेका संगठनहरुले कोशी प्रदेश नामकरण खारेज गर्नुपर्ने माग गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएका छन्। नेकपा एमालेका बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीबाट

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती