"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपराष्ट्रपति पदमा ४ जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  २७ फाल्गुन २०७९, शनिबार १७:१३


काठमाडौं। उपराष्ट्रपति पदका लागी ४ जनाको उमेद्वारी दर्ता भएको छ। आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज बर्तमान सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हो ।

सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा रहनुभएको छ भने एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ। सत्ता गठबन्धले साझा उम्मेदवार तय गर्न भन्दै बिहान डाकेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन आयोगले यसअघि नै राष्ट्रपतिमा खसआर्य समूहबाट पुरुष रामचन्द्र पौडेल निर्वाचित भैसकेकाले समावेशीताको सिद्दान्तअनुसार उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको थियो। तर सत्ता गठबन्धन आवद्द दलहरुले राष्ट्रपति खस आर्य समूहबाट निर्वाचित भएकाले फरक समुदायबाट पुरुषले नै उपराष्ट्रपतिमा उम्मेदवारी दिन मिल्ने जिकिर गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। इलाम- २ का ४२ वडामध्ये अब जम्मा १३

इलाम । इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ४ हजार ९८६ मतले अग्रता लिएको छ। एमाले

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार

इलाम । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम