"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय

प्रकाशित मिति :  २६ फाल्गुन २०७९, शुक्रबार ११:१२


काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेलाई भ्रष्टाचार मुद्दामा साढे नौ वर्ष कैद सजाय हुने भएको छ । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता गरेको ठहरसहित उनलाई नौ वर्ष तथा भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय सुनाइएको हो ।

भृकुटीमण्डपस्थित फनपार्कका सञ्चालक कांग्रेसबाट निर्वाचित भई निलम्बनमा रहेका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर गर्ने फैसला भएको छ । 

भ्रष्टाचार निवारण ऐनको दफा २४ मा संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्ति हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सोसरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सोसरहका पदाधिकारीले भ्रष्टाचारजन्य कसुर गरेमा थप तीन वर्षसम्म कैद थप्न सक्ने व्यवस्था छ । यस दफाबमोजिम तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री न्यौपानेका साथै अन्य दुईजनालाई पनि यस दफाबमोजिम सजाय थप भएको छ । 

विशेष अदालतका उपरजिस्ट्रार नारद भट्टराईका अनुसार समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहतालाई आठ वर्ष र थप ६ महिना तथा इन्जिनियरसमेत रहेका तत्कालीन सदस्यसचिव रवीन्द्रकुमार यादवलाई पनि उति नै सजाय तोकिएको छ । मन्त्री न्यौपानेका साथै मेहता र यादवलाई समेत जनही दुई करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो तथा जरिवाना असुलउपर हुने सजाय सुनाइएको हो । 

यो मुद्दामा विशेष अदालतबाट १६ फागुनमै आंशिक ठहरको फैसला भए पनि बिहीबार मात्र सजाय निर्धारण गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ ०७५ मा १४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाएकोमा नौजनामाथि अभियोग दाबी ठहर भएको थियो भने पाँचजनाले सफाइ पाएका थिए । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो । 

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा लिई मेला सञ्चालन गरेका व्यवसायी तथा हाल कांग्रेसबाट निर्वाचित भई निलम्बनमा रहेका सांसद टेकबहादुर गुरुङमाथि पनि पनि कसुर ठहर भएको थियो । विशेषका उपरजिस्ट्रार भट्टराईका अनुसार उनलाई एक करोड २१ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर गर्ने फैसला भएको छ । 

उपरजिस्ट्रार भट्टराईका अनुसार तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरीको मृत्यु भइसकेकाले केवल बिगो असुलउपर गर्न आदेश भएको छ । उनलाई पनि दुई करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको हो । तत्कालीन सदस्य मोहनराज शर्मालाई पनि उति नै जरिवाना र बिगो तथा आठ वर्ष कैद सजाय सुनाइएको छ । 

अर्का सदस्य मदनकुमार लाल कर्णलाई पनि आठ वर्ष कैद र पूर्वमन्त्री न्यौपाने जति नै बिगो र जरिवानाको फैसला भएको छ । यसैगरी, परिषद् सदस्य हरि न्यौपानेलाई आठ वर्ष कैद भए पनि बिगो र जरिवानाको सजाय भएको छैन । भृकुटीमण्डप मेलाका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई भने दुई करोड ४३ लाख रुपैयाँभन्दा बढी बिगो र जरिवाना असुलउपरको सजाय सुनाइएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं । नेपाल टेलिकमको गेटवे पेमेन्ट प्रकरणमा शुक्रबारमात्र दोषी ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अख्तियार दुरूपयोग अनुसन्धान

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा