"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख घिमिरे अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा बहराइन जादै

प्रकाशित मिति :  २४ फाल्गुन २०७९, बुधबार १२:५६


काठमाण्डौ । सभामुख देवराज घिमिरेले बहराइनमा यही फाल्गुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने भएका छन्।

उनी ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा ९एमाले०का तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।

नेपाल उक्त संघको सदस्य छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका

काठमाडौं। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आजको प्रतिनिधि सभा बैठकमा नियमापत्ति जनाएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन्।

काठमाडौँ । देशमा उत्पन्न भईरहेको वर्तमान राजनीतिक अवस्थाप्रति हामी कोही पनि अनभिज्ञ छैनौं । मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्वका नयाँ कम्पनहरु अनेकन्