"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाको चालु अधिवेशनमा के–के काम भए ? [भिडियोमा हेर्नुहोस् ]

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार १६:१३


काठमाडौँ । घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन आइतबार (आज) मध्य रातिदेखि अन्त्य हुँदैछ। आइतबार प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै उनले विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराए।

गएको माघ २२ गते सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रह्यो। यो अवधिमा २३ दिनमा २३ पटक बैठक बस्यो। २३ दिनमा ८१ घण्टा ५५ मिनेट संसदीय काम–कारबाहीमा व्यतीत भएको संघीय संसद् सचिवालयले जानकारी गराएको छ।

सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा ५ वटा सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये ‘ निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ समितिमा विचाराधीन रहेको छ, ‘संघीय निजामति सेवा विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ, ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ र ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०’ सभामा प्रस्तुत भएका छन्।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ दर्ता मात्रको स्थितिमा रहेको छ। साथै सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ माथि राष्ट्रिय सभाबाट गरिएको संशोधनलाई यस सभाले स्वीकार गरी पारित गरेको छ।

त्यसैगरी यस अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको छ।

त्यस्तै सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये ‘अनुगमन तथा मूल्याङकन विधेयक, २०७६’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन्। यसरी सभाबाट यो अधिवेशनमा कूल ३ वटा विधेयक पारित भएका छन् ।

त्यसैगरी प्रतिनिधि सभाको चालू अधिवेशनमा सदस्यहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र ८ वटा लिखित प्रश्नहरु मध्ये ३२ वटा मौखिक र २ वटा लिखित प्रश्नहरुको उत्तर प्राप्त भएकोमा सभाको २०८० चैत २० गतेको बैठकमा ६ वटा मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीबाट उत्तर दिने काम भयो।

भिडियोमा हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । मंगलबार आयोजित