"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

प्रकाशित मिति :  ३ माघ २०७९, मंगलवार १७:५५


हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनलाई प्रदेश सभाका एक सय पाँच सांसदले विश्वासको मत दिएका हुन् । 

मुख्यमन्त्री जम्कट्टेल सरकारबाहिर रहेको कांग्रेससहित अन्य ६ दलको विश्वास जुटाउन सफल भएका छन् । एक सय १० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री हुन ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

मंगलबारको बैठकमा प्रदेश सभाका एक सय नाै सदस्य उपस्थित थिए । प्रदेश सभाका सभामुख र उपसभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावमा भाग नलिँदा एक सांसद अनुपस्थित थिए ।

मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवन पाठकले मुख्यमन्त्रीको विश्वासको प्रस्तावको पक्षमा एक सय पाँच र विपक्षमा तीन मत खसेको सदनलाई जानकारी गराएका थिए । प्रदेश सभामा तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको थियो । बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रूपमा रहेको छ ।

प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद रहेका छन् । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री