"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन र समृद्धिको संकल्पसहित जनमुखी सरकारको परिकल्पना छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  २६ पुष २०७९, मंगलवार १३:३१


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताएका हुन् । 

सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित आफूले विश्वासको मत मागेको पनि उनले बताए । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरू वाम-लोकतान्त्रिक शक्तिकै सहकार्यमा भएको पनि उनको भनाइ छ ।

दुवै धारका शक्तिहरू मिल्दा देश अगाडि बढेको पनि उनले बताए । दुई ध्रुवका शक्तिहरू नमिल्दा देश संकटमा पुगेको उल्लेख गर्दै उनले सहमतिकै आधारमा राजनीति अगाडि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री