"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले ७ जना सचिवको सरुवा गर्‍यो

प्रकाशित मिति :  २१ पुष २०७९, बिहीबार १७:५५


काठमाडौं । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरु सरुवा गरेको हो ।

अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । गृह प्रशासनमा रहेर अख्तियारको महाशाखा प्रमुख भइसकेका उनलाई अख्तियारकै पदाधिकारीको रोजाइमा सरुवा गरिएको स्रोतले बतायो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका कानून सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक सचिवले बताए ।

कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । अघिल्लो सरकारको अन्तिम मन्त्रिपरिषद बैठकले ज्ञवाली र सापकोटाको जिम्मेवारी हेरफेरको निर्णय गरेपनि कार्यान्वयन भएको थिएन ।

मन्त्रिपरिषदले वाणिज्य मन्त्रालयका सचिव तोयम रायालाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । हाल अख्तियारमा रहेका सचिव डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिव बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्यमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौं । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध

काठमाडौँ । नेपालको कर्मचारी प्रशासन इतिहासमै पहिलो पटक बहालवाला मुख्य सचिव वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि निजामती कर्मचारीमाथि विश्वासको

काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)