"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

प्रकाशित मिति :  २८ जेष्ठ २०८१, सोमबार १५:५६


काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिआइबीका एसपी होविन्द्र बोगटीले श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई  नियन्त्रणमा लिएको हो। यसअघि २०८० फागुनमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि सिआइबीले पक्राउ गरेको थियो।

त्यसबेला राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पनि पक्राउ परेका थिए। उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए।  सिआइबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटोमाथि अनुसन्धान गरेको थियो। 

उक्त संस्थामा आबद्ध रहेका सञ्चालक समितिका पदाधिकारीहरू, उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र कम्पनीहरूले लिएका कर्जाको विषयमा सिआइबीले अनुसन्धान गरेको थियो। 

त्यसबेला पक्राउ परेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहितले सहकारीको रकम अपचलन गरेको आरोप थियो। चौलागाई आबद्ध चार कम्पनीलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकले ऋण प्रवाह गरेको पाइएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ। बिहीबार बसेको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा