"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्टार्टअप विकासमा चार संस्थाबीच सहकार्य

प्रकाशित मिति :  २९ मंसिर २०७९, बिहीबार १३:४५


काठमाडौँ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा स्टार्टअप विकासका लागि सहकार्य गर्ने भएका छन् । यसका लागि चार संस्थाको सहकार्यमा ‘ग्रोथएक्स एभरेस्ट एक्सेलेटर’ नामक कार्यक्रम अघि बढाइने भएको हो । 

उच्च सम्भावित प्राविधिक स्टार्टअप र साना तथा मझौला उद्यम (एसएमइज)लाई लक्षित गरी ग्रोथएक्स एभरेस्ट एक्सेलेटर कार्यक्रम अघि बढाइएको हो । यस कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो ।

कार्यक्रमले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न योगदान पुर्‍याउने बताइएको छ । यसले क्षेत्रीय र विश्व बजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउनेछ । ग्रोथएक्स एभरेस्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिङ–अप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्नेछ । 

चारवटा संस्थाले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ । यसले नेपाली स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त उद्योगी, डोमेन विशेषज्ञ, सफल संस्थापक र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ । र, नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्क विकासका लागि मद्दत गर्नेछ । नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने सिएनआईको विश्वास छ ।

सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सिइओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरूको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न सिएनआईलगायत संस्थासँग साझेदार गरिएको बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले ग्रोथएक्स एभरेस्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमभन्दा फरक पहल भएको बताए । यो कार्यक्रम क्रस–बोर्डर मेन्टर्सिप, नेटवर्किङ, र विस्तारमा केन्द्रित रहेको उनले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ। जुत्ताचप्पल उत्पादन

इलाम । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्। उनको सुपारी बगानमा

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छ्न्।

जनकपुरधाम । सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस्