"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देश भरका ४४ स्टार्टअप उद्यमले पाए सहुलियत कर्जा

प्रकाशित मिति :  २० असार २०८१, बुधबार १३:२१


काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि छानिएका १८३ मध्ये ४४ जनाले कर्जा लिएका छन् । मंगलबार साँझसम्म ४४ स्टार्टअप उद्यमीलाई १ करोड ९६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरिएको औद्योगिक विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए ।

छनोटमा परेका ४४ स्टार्टअप उद्यमीले राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट पहिलो किस्ताबापत ५ लाख रुपैयाँ लिएका हुन् ।प्रतिष्ठानले छनोटमा परेका उद्यमीलाई १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप कर्जा दिने भएको छ । यही साताभित्र १ सय ८३ परियोजनाले नै पहिलो किस्ताबापत ५ लाख रुपैयाँका दरले कर्जा पाइसक्ने गुप्ताको भनाइ छ ।

सिफारिसमा परेका परियोजनाहरूले परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । परियोजनाले दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम तिर्न सुरु गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

सूचना जारी भएको ३० दिनभित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेको खण्डमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले तोकेको बैंकको शाखामा तोकिएको कागजपत्रसहित आधिकारिक व्यक्ति सहुलियत कर्जाका लागि जानुपर्नेछ ।

कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिइनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम

काठमाडौँ– सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार