"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनसम्बन्धी आचारसंहिता आजदेखि हट्यो

प्रकाशित मिति :  २६ मंसिर २०७९, सोमबार ११:१८


काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनसम्बन्धी आचारसंहिता हटेको बताएको छ। प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गत असोज १२ गतेदेखि देशैभर आचारसंहिता लागु गरिएको थियो।

उक्त आचारसंहिता मंसिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको छ। यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गराइसकिएको आयोगले बताएको छ।

गत मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो। आयोगले निर्वाचन मरिणामबारे एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन पेश गर्ने पनि बताएको छ।

आचारसंहिताका कारण विकास निर्माणका कार्यक्रम तथा कर्मचारीका सरूवा, बढुवालगायत प्रभावित भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ