"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातकितर्फको सटि बाँडफाँट हुँदै, कुन दलले कति सिट ?

प्रकाशित मिति :  २० मंसिर २०७९, मंगलवार २१:३६


काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारणको तयारी गरेको छ।

आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या, प्रतिशत र सिट संख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार गरेको छ।

मुख्य निर्वाचन अधिकृत आयोगका सचिव गोकर्णमणि दुवाडी, सम्बन्धित उच्च अधिकारी र तथ्यांकसम्बन्धी विज्ञ सो कार्यमा संलग्न छन्। सो कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतिको कार्यालयबाट लिखत रूपमा प्राप्त विवरणलाई भिडाएर अलगअलग परिणाम प्रतिवेदन (प्रस्ताव) को तयारी गरिरहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबारै सबै परिणामको विवरण टुंगो लगाउन निर्देशन दिएका छन्।

आयोगबाट निर्णयलगत्तै बुधबार सम्बन्धित दललाई पत्र पठाइनेछ। प्रतिनिधि सभातर्फ कुल सदर मतको तीन र प्रदेश सभातर्फ कुल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी स्थान निर्धारण गरिनेछ।

उक्त थ्रेसहोल्डको प्रतिशत कटाए पनि प्रति सांसदका लागि आवश्यक पर्ने मतभार बराबरको मत संख्या प्राप्त नगरेमा ती दलले समानुपातिकमा सदस्य सिफारिस गर्न पाउने छैनन्।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ। सोका लागि दलहरूले प्रतिनिधि सभातर्फ सात दिन र प्रदेश सभातर्फ तीन दिन समय पाउने छन्। दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।  संविधानको धारा १६८ को उपधारा ५

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा