"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसीको निर्णयका बारेमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रकाशित मिति :  २७ माघ २०७८, बिहीबार १३:०८


काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।

उनीहरूबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान बालुवाटार पुगेका थिए।

यसअघि आजै बिहान सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको थियो। अध्यक्ष दाहाललाई भेट्न बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका थिए।

कांग्रेस नेता अमरेशकुमार सिंहका अनुसार दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको थियो। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्‌बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए। तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिवद्धताबाट पछि हटिसकेका छन्।

यसैबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश दिएको छ। बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताइन्।

फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय थप्न नसकिने उनले बताइन्।

‘फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो,’ सुमारले भनिन्,‘हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ। अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं।’ एमसिसी सम्झौतामा कुनै परिवर्तन नहुने पनि उनले स्पष्ट पारिन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री