"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन सुरक्षा : २३ सय नेपाल प्रहरी भोलिदेखि फिल्डमा खटिँदै

प्रकाशित मिति :  २१ कार्तिक २०७९, सोमबार १३:०६


काठमाडौं । नेपाल प्रहरीले मंगलबारबाट निर्वाचनलक्षित मातहतका सुरक्षाकर्मीलाई सम्बन्धित जिल्ला खटाउने तयारी गरेको छ । नेपाल प्रहरीका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालयबाट दुई हजार दुई सय ९३ सुरक्षाकर्मी जिल्ला खटिनेछन् । जसमा प्रहरी जवानदेखि डिएसपीसम्मका सुरक्षाकर्मी हुुनेछन् । प्रहरीका अनुसार उनीहरू खोटाङ, ओलखढुंगा, सोलुखुम्बु, झापा, इलाम, कालिकोट, मोरङलगायत जिल्लामा जानेछन् । निर्वाचन सकिएपछि मात्रै उनीहरू फिर्ता हुनेछन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले निर्वाचनलक्षित सुरक्षाका लागि उपत्यकाबाट पहिलो चरणमा २२ सय सुरक्षाकर्मी जिल्ला पठाउने तयारी रहेको बताए । निर्वाचनमा नेपाल प्रहरीका मात्रै ६७ हजार दुई सय ९६ सुरक्षाकर्मी निर्वाचन सुरक्षा प्रयोजनमा खटिनेछन् । उनीहरूमातहत एक लाख १२ हजार म्यादी रहनेछन् । निर्वाचन सुरक्षार्थ पहिलो घेरामा म्यादी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिनेछन् । जसअनुसार प्रतिनिर्वाचनस्थल आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने प्रहरीको तयारी छ ।  

लिंगअनुसार खटिने  सुरक्षाकर्मी
नेपाल प्रहरी र म्यादी
महिला – ३०,६०३
पुरुष – १,८६,६९०

महिला – ६,०९८
पुरुष– ६८,९०२

सशस्त्र प्रहरी 
महिला– ३,११०
पुरुष– ३१,७२८

निर्वाचन आयोगका अनुसार देशभर १० हजार आठ सय ९२ निर्वाचनस्थल तोकिएका छन् । जसलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् । 

जसअनुसार तीन हजार चार सय १२ स्थल अति संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ जनाको दरले १२ सुरक्षाकर्मी खटिनेछन् । सुरक्षा संवेदनशीलताको दृष्टिले चार हजार चार सय २० स्थल संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । निर्वाचनस्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठ सुरक्षाकर्मी खटिनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी