"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य

प्रकाशित मिति :  २ आश्विन २०७९, आईतवार १७:२४


काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यता छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ पनि एक महिला उम्मेदवार बनाउन बाध्यकारी छैन । तर आयोगले आयोगले दलहरुलाई पत्र पठाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन गरेको हो ।

‘संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म बमोजिम कम्तीमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका सबै राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पत्र पठाएपछि आयोगले दलहरुलाई पत्र लेख्ने निर्णय गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘संसदको समितिले पत्र पठाएकाले हामीले पनि निर्णय गरेको मात्रै हो’, प्रमुख आयुक्त थपलियाले भने ।

अर्थात् दलहरुले यसअघि जस्तै प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी ३३ प्रतिशत महिला सांसद बनाउनुपर्नेछ । आयोगले दलहरुलाई समानुपातिकको बन्दसूचीमा ५० प्रतिशत उम्मेदवार बनाउन निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी