"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यानडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

प्रकाशित मिति :  २४ माघ २०७८, सोमबार १४:३७


काठमाडौँ, बीबीसी । कोभिड-१९ भ्याक्सिन विरोधीहरूको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । कोभिड-१९ का लागि तोकिएको मापदण्ड उल्लंघन गर्दै प्रदर्शन हुन थालेपछि ओटावाका मेयर जिम वाट्सनले संकटकालको घोषणा गरेका हुन् ।

प्रहरीभन्दा धेरै संख्यामा प्रदर्शनकारीहरू जम्मा हुन थालेपछि प्रदर्शन नियन्त्रणबाहिर गएको भन्दै राजधानीवासीको सुरक्षालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरिएको मेयर वाट्सनले बताए ।

त्यहाँको सरकारले केहि दिनअघि क्यानडा-अमेरिका सीमा पार गर्नका लागि हरेक ट्रक चालकले भ्याक्सिन अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएलगत्तै क्यानडाका ट्रक चालकहरूले ओटावास्थित संसद् भवन अगाडि जम्मा भएर प्रदर्शन गरेका थिए । उनीहरूले तत्काल कोभिड-१९ को खोप अनिवार्य गरिएको निर्णय खारेज हुनुपर्ने भन्दै क्यानडेली प्रधानमन्त्री जस्टि ट्रुडो नेतृत्वको सरकारको विरोध गरेका थिए ।

क्यानडेली रेडियो स्टेसन सीएफआरएमा बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरू दिन प्रतिदिन असंवेदनशील हुँदै गएकाले संकटकाल लगाइएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

‘प्रदर्शनकारीहरूको तुलनामा हाम्रो शक्ति कम हुँदै गयो; त्यसले प्रदर्शन नियन्त्रणमा लिन नसक्ने अवस्था सिर्जना भएकाले हामीले संकटकाल लगाउने निर्णय गरेका हौँ‚’ मेयर वाट्सनले सीएफआरएसँग भने । प्रहरीले भने संकटकालमा आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताएको छ ।

क्यानडेली सरकारले कोभिड-१९ विरुद्धको खोप अनिवार्य गरेपछि केहि दिनअघिदेखि त्यहाँका ट्रक चालकहरूले बिच सडकमा ट्रक राखेर यातायात अवरुद्ध पार्नुका साथै उक्त सरकारी निर्णयविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री

काठमाडौँ । सरकारले मंगलबारबाट गैरआवासीय नेपाल (एनआरएन)लाई नेपाली नागरिकता दिँदै छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता वितरण

काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा