"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक अध्ययनमा ५ महिनामै बाहिरियो २९ अर्ब रुपैयाँ

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १४:४०


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म वैदेशिक अध्ययनमा जानेले वैधानिक रुपमा २८ अर्ब ८१ करोड रुपैयाँको सटही सुविधा लिएका हुन् ।

गत वर्ष यस्तै अवधिमा विदेशमा पढ्न जानेहरुले १३ अर्ब ५३ करोड रुपैयाँबराबरको विदेशी मुद्रा मात्रै मात्रै लगेका थिए ।

५ महिनाको अवधिमा अवधिमा खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको यस्तै अवधिमा खुद सेवा आय  ३८ अर्ब १३ करोड रूपैयाँले घाटामा थियो ।

सेवा खाता अन्तर्गत ५ महिनामा भ्रमण (पर्यटन) आय १३२.९ प्रतिशतले बढेको छ । यसबाट नेपालले २३ अर्ब ६३ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पर्यटन आय १० अर्ब १४ करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गएर खर्चिने रकम ६४ प्रतिशतले वृद्धि बढेर ४२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालु आर्थिक वर्षबाट प्रतिमहिना औसत एक खर्ब रेमिट्यान्स आउन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्र मर्जर भई कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थालाई थप सहुलियत

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका उद्योगी तथा व्यवसायीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन्। बिहीबार साँझ नेपाल उद्योग