"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फेदीखोला गाउँपालिका स्वास्थ्य र श्रमिक बैंक खातामा प्राथमिकता

प्रकाशित मिति :  २३ माघ २०७८, आईतवार १६:३९


स्याङजा । फेदीखोला गाउँपालिकामा एउटा नियम अनिवार्य छ, मजदुरले अनिवार्य बैंक खाता खोल्नुपर्छ। त्यहाँ कार्यरत बैंकहरूले मजदुरको निःशुल्क खाता खोलिदिन्छन्न् । गाउँपालिकाले मजदुरलाई बैकिङ प्रणालीबाट मात्र पारिश्रमिक भुक्तानी दिनुपर्ने नीति लिएपछि बैंक खाता अनिवार्य भएको हो। गाउँपालिकामा यो कार्यक्रम अन्तर्गत चार सय ७८ जना मजदुर सुचीकृत भएका छन्। सार्वजनिक क्षेत्रमा मजदुरी गर्ने तीन सय १२ जना मजदुरले गाउँपालिकाको मजदुर संचित कोषमा आवद्ध भएका छन् ।
गाउँपालिकामा अध्यक्ष निर्वाचित भएपछि सुवेदीले स्थानीय राजनीतिकर्मी र विज्ञ लगायतसँग छलफल गरे। गाउँपालिकाको नीति र कार्यक्रमका बारेमा सुझाव लिए । सुझावका आधारमा घरघरमा पुगेर १७५ वटा प्रश्नमा नागरिकको धारणा बुझ्ने सोहीअनसार अघि बढ्ने योजना बनाए ।

२०७४ जेठ ८ मा पदभार ग्रहण गरेपछि फेदीखोला गाउँपालिलाको सरकारलाई असारभित्र बजेट ल्याउन मुश्किल थियो। अनुभव त थिएन नै, काममा प्राथमिकता पहिचान गर्ने र लक्ष्य निर्धाण गर्ने समय पनि थिएन। जनप्रतिनिधि, विज्ञ र स्थानीय राजनीतिक व्यक्तिसँगको छलफलबाट प्राथमिकताहरू पहिल्याए। जसोतसो पहिलो बजेट बनाए ।

पहिलो बजेट पारित भएपछि फेदीखोलाले सबैभन्दा पहिले नागरिक स्वास्थ्य स्याहार कार्यक्रम लागु गरेको थियो । उमेर ६० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरणका लागि महिनाको ५ दिन छुट्यायो। प्रत्येक महिनाको अन्तिमका ५ दिन स्वास्थ्यकर्मीहरू ज्येष्ठ नागरिक रहेका घरमा पुग्छन्।
यस कार्यक्रमबाट गाउँपालिकाका एक हजार ७१० जना लाभान्वित रहेको जनाइएको छ। नागरिकलाई सरकारले निःशुल्क उपलब्ध गराउने औषधिका अतिरिक्त केही दीर्घरोगका औषधि पनि गाउँपालिकाले निःशुल्क वितरण गर्छ ।
ज्येष्ठ नागरिकको मासिक स्वास्थ्य रेकर्ड राख्न थालेपछि उनीहरूको औषधि उपचारमा सहयोग पुगेको छ। गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुन्छ। जिल्ला बाहिर लैजानुपर्ने भए आर्थिक अवस्था हेरेर सहयोग पनि गर्छ ।
गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्य सुरक्षामा पनि गाउँपालिकाले काम गरेको छ। ज्येष्ठ नागरिक, गर्भवती र बालबालिको स्वास्थ्य रेकर्ड राख्न गाउँपालिकाले ‘मेडिक मोबाइल केयर सिस्टम’ नामको सफ्टवेर राखेको छ । यो सफ्टवेयरमा गर्भवती महिलाको तौल, पोषण, स्वास्थ्य परीक्षण, आइरन चक्की लगायतको विवरण राखिएको हुन्छ।
गाउँमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवतीको स्वास्थ्य परीक्षण, सुत्केरीको स्याहार र दुई वर्षसम्मका शिशुको स्याहारबारे आवश्यक जानकारी गराउँछन् । नागरिकलाई उपचारमा आर्थिक सहायता दिन गाउँपालिकाले एउटा कोष पनि बनाएको छ । वडाअध्यक्षको सिफारिसका आधारमा गाउँपालिकाले बेसहारा, घरजग्गा नभएका र गरिबीको रेखामुनि रहेका बिरामीको उपचारमा बढीमा एक लाख रुपैयाँ सहयोग गर्छ।
गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती र शिशुको स्वास्थ्य परीक्षणका क्रममा एउटा प्रयोगशाला आवश्यक देख्यो । गाउँपालिकाले २५ लाख रुपैयाँ खर्चेर २७ किसिमका परीक्षण हुने प्रयोगशाला स्थापना गरेको छ । यसअघि जिल्ला अस्पताल पुतलीबजार वा पोखरा पुग्नुपथ्र्यो । प्रयोगशालामा विपन्न नागरिकको निःशुल्क सेवा पाउँछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय

स्याङ्जा । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत २५६ बीउ बाख्रा वितरण गरिएको छ । ‘भोकालाई एक छाक भोजन

काठमाडौं । पछिल्लो समय सहकारीप्रति आम नागरिकको विश्वास घट्दो छ । सहकारीमा जम्मा गरेको बचत रकम हिनामिना हुने क्रम बढेसँगै सहकारीप्रतिको

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ। जिल्लाका