"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले गर्‍यो ५२ रोगलाई संक्रामकमा सूचीकृत

प्रकाशित मिति :  २४ असार २०८१, आईतवार १७:२६


काठमाडौं । सरकारले संक्रामकको सूचीमा ५२ रोगलाई राजपत्रमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको हो ।

रेबिज, क्षयरोग, कोभिड–१९, डेंगु , जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एचआईभी एड्स, इन्फ्न्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटा भाइरस, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरसलाई संक्रामक रोगमा सूचीकृत गरिएको छ ।

यस्तै, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङगो हेमोरेजिक, मारबर्ग भाइरल डिजिज्, सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस, भ्यागुते रोगलाई पनि संक्रामकको सूचीमा राखिएको छ ।

सरकारले निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रिसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्सन एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिटिस्टसकोसिस, चिननगुनिया, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई संक्रामक रोग भनेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत डा. सागर दाहालका अनुसार ५२ वटालाई सरुवा रोग घोषणा गरेपछि अब यसको आधारमा रिपोर्ट र उपचार गर्ने व्यवस्था मिलाउन सहज हुन्छ । डा. दाहालले अनलाइनखबरसँग भने, ‘जनस्वास्थ्य ऐनमा भएको प्रावधानलाई कार्यान्वयन गर्नका लागि सयौं रोगमध्ये प्राथमिकताको आधारमा ५२ वटाको नाम सूचीकृत गरेका हौं ।’

उनका अनुसार स्थानीय स्वास्थ्य संस्थामा ५२ मध्ये कुनै पनि रोग पत्ता लागेमा त्यसको जानकारी केन्द्र र प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते

काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर