कांग्रेस एमालेको समर्थन सहित मधेशमा मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। जेष्ठ २५ गते मुख्यमन्त्रीको सपथ लिएका मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो ।
प्रदेश सभामा मत विभाजन गराउँदा उपस्थित १०१ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ ।
मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका हुन् ।
नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि शनिबार बिहान मात्रै मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।