"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकीको ऊर्जा मन्त्रीमा नेसपाका फणीन्द्र देवकोटा नियुक्त

प्रकाशित मिति :  १७ असार २०८१, आईतवार १३:०१


पोखरा । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार प्रदेश सभा सदस्य देवकोटालाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री देवकोटाले शपथसमेत लिइसकेका छन्। देवकोटा यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए। तर नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेसँगै प्रदेश सभा सदस्य र मन्त्री पदबाट उनी पदमुक्त भएका थिए।

गण्डकी मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएपछि उनलाई माओवादीले कारबाही गरेको थियो। यसविरूद्ध देवकोटा सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारबाही गर्न नमिल्ने बताएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ

काठमाडौँ – लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का सबै आठ टिमले १०–१० खेलाडी पाएका छन्। आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा