"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र जर्मन राष्ट्रपति स्टाइनमायर बीच भेटवार्ता

प्रकाशित मिति :  ४ असार २०८१, सोमबार १९:२९


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मन राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायर बीच जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता सुरू भएको छ ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बर्लिन पुगेका नेपालका राष्ट्रपति पौडेललाई द्विपक्षीय भेटवार्ता गर्नु अघि जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन

काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ

काठमाडौँ – संसद्मा पेस भएका अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बोलाइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (शनिबार) दिउँसो ११

स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन