"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छानबिनका लागि गृहमन्त्री लामिछानेले मार्गप्रशस्त गर्नुपर्ने एमालेको धारणा

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार ११:१९


काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रमाणसहित उजुरी दर्ता भए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। आइतबार च्यासलमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही नै हुनेछ।

नैतिक रूपमा त्यो अवस्थामा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ।’ उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लक्षित गर्दै लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेकोसमेत बताएका थिए।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्ने निर्णय गर्नुभयो। त्यसपछि प्रधानमन्त्रीको अफर गर्दै कांग्रेस आफैँ पुगेको थियो। प्रधानमन्त्रीको निम्ति आफैँले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क त्‍यो राजनीतिक प्रतिशोधको तर्कबाहेक अरू केही पनि हुन सक्दैन,’ ज्ञवालीले भने।

कांग्रेसका नेताहरूले भने त्यसबेला लामिछानेलाई प्रधानमन्त्री अफर नगरिएको सार्वजनिक रूपमै बताउँदै आएका छन्। कांग्रेसले माग गरिरहेको संसदीय छानबिनलगायतका विषय पनि आफैँमा राजनीतिक पूर्वाग्रहले ग्रस्त रहेको उनले बताए। ‘कांग्रेसको प्रस्ताव स्वीकार गरेर उहाँ (रवि) प्रधानमन्त्रीका निम्ति तयार हुनुभएको भए कांग्रेस यसै गर्थ्यो त गर्दैनथ्यो,’ ज्ञवालीले भने। गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले संसदीय छानबिन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी कांग्रेसले राख्दै आएको छ।

‘हिजो सदन अवरूद्ध हुँदा एमालेले संसदीय व्यवस्थाकै प्रति नकारात्मक धारणा बनायो भन्ने कांग्रेस कसरी संसद अवरूद्धको पक्षमा जान्छ?,’ उनले प्रश्न गरे, ‘ठिक छ त्यसको एउटा औपचारिक प्रक्रिया सुरू होस्। सहकारीको रकम ठगी भएर धेरै पीडित पनि हुनुभएको छ। यसक्रममा कोही दोषी देखियो भने ढाकछोप गर्ने काम एमालेले गर्दैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४

इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको

काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको