"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ माग्दै संसदमा कांग्रेसको नाराबाजी

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १६:४९


काठमाडौँ । सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीबाट जवाफ मागिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आइतबारका लागि स्थगित भएको छ ।

शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । तर पुन: सुचारु भएको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आइतबारका लागि स्थगित गरे ।

कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई मन्त्री बनाएका विषयमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

शुक्रबारको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने अडान लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको

काठमाडौं। वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी-२०

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार