"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा प्रस्तुत

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार १८:२२


काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरे ।

विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरूप सुव्यवस्थित, काव्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गरी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, समावेशी, व्यावसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए ।

मन्त्री जोशीले निर्माणमुखी सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि संसदमा प्रस्तुत गरिएको थियो । सो विधेयकको सम्बन्धमा भने सभामा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार

इलाम । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता