"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार १३:४९


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

बुधबार प्रदेशसभाअन्तर्गत माओवादी संसदीय समितिको दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन् । उनले आज नै प्रदेशसभा सचिव हरिराज पोखरेललाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन ७ दलीय गठबन्धन भत्काएर नयाँ समीकरण बनाएसँगै कांग्रेसका मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्री बर्खास्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको

काठमाडौं। शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्