"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निःशस्त्रीकरण र विश्वशान्तिको मामिलामा नेपाल प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

प्रकाशित मिति :  ९ माघ २०८०, मंगलवार १२:३८


परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्वशान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको बताएका छन्। 

साना हतियारको अवैध व्यापार एवं प्रयोग नियन्त्रण गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रको तयारी बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले सबै प्रकारका हतियारको नियन्त्रण एवं अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताएका छन्।

सरकार र शान्ति एवं निःशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको तयारी बैठकमा उनले साना हतियारको अवैध व्यापार एवं प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनुपर्नेमा पनि जोड दिए।

‘साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनुपर्दछ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘यसका लागि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनुपर्दछ।’

हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमन–चयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकारात्मक प्रभाव पर्न जाने उनको भनाइ थियो।

निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी बैठकमा परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि दोहोर्‍याए। बुद्धको जन्मस्थान, शान्तिभूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाइ थियो।

साना हतियारको अवैध व्यापार नियन्त्रणसम्बन्धी राष्ट्रसंघीय कार्ययोजना सन् २००१ मा अनुमोदन भएयता राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रयास भए पनि अवैध हतियारको ओसार–पसार र प्रयोग घटाउन तथा नियन्त्रण गर्न नसकिएको मन्त्री साउदले बताए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत

काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल