"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

प्रकाशित मिति :  २९ पुष २०८०, आईतवार १२:३९


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्‍मेदवारले खर्च गर्न पाउने हद तोकेको छ।  आइतबार आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनमा खर्च गर्न पाउने हदबारे जानकारी दिएका हुन्। 

उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमानवली, २०७६ को नियम ४६ (१) सँग सम्‍बन्धित अनुसूची-१ले ३ लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ।

उम्मेदवारले उक्त खर्च मतदाता नामावली खरिद, सवारीसाधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोग प्रवक्ता पौडेलले बताए। खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोलेर त्यही खाताबाट मात्रै खर्च गर्न पनि आयोगले निर्देशन दिएको छ।

निर्वाचन सम्पन्न भएपछि ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न समेत आयोगले निर्देशन दिएको हो। माघ ११ गते हुने निर्वाचनका लागि आठ दलका तर्फबाट ५२ जना उम्मेदवार छन‍्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत

काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल