"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सप्तकोशी नगरपालिकाका निमित्त कार्यकारी अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर

प्रकाशित मिति :  २३ पुष २०८०, सोमबार १७:५७


काठमाडौं । विशेष अदालतले सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दा ठहर गरेको छ। अदालतले इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरी र निर्माण कम्पनीका ३ जनाको भ्रष्टाचार मुद्दा ठहराएको हो।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले आज सोमबार भ्रष्टाचार ठहर गर्दै कैद र जरिवाना तोकेको छ।

अदालतले राजेन्द्रप्रसाद दाहाल, सुदीप चौधरी, रामकान्त चौधरीलाई जनही ४ लाख ९९ हजार, त्यतिनै जरिवाना र ३ महिना कैद ठहर गरेको छ।

त्यसैगरी निर्माण कम्पनीका सञ्चालकहरु श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही ४ लाख ९८ हजार रुपैयाँ, जरिवाना र रकम बिगो असुलसमेत गर्नुपर्ने विशेष अदालतको ठहर छ।

नगरपालिकाको १४ लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। दाहालसहित ६ जनाको मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहालले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने कामलाई आफ्नै एकल बोर्डको निर्णय गरेका थिए।

दाहालले आफै निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेट गरेको अख्तियारको दाबी थियो ।  

सम्झौता अनुसार गुणस्तरहीन कार्य गरेको, नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरीले लागत इष्टिमेट बमोजिम काम गरेको भन्दै झुठा प्रतिवेदन पेश गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन