"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुशासन र भ्रष्टाचारका काण्ड सुनेर जनता आक्रोशित छन् : गगन थापा

प्रकाशित मिति :  ५ पुष २०८०, बिहीबार १९:३७


जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ ।’ 

महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता रिसाएको बताएका छन् । कांग्रेसको मधेश प्रदेश सम्मेलनमा बोल्दै उनले एकपछि अर्को काण्ड सुनेर जनता आजित भएको टिप्पणी गरे । ‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् । रिसाएका छन् ।’

जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनमा सम्बोधन गर्दै थापाले कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक रहेको बताए । थापाले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्‍याउनु पर्ने बताए ।

नेता थापाले देशको ठूलो दलको हैसियतले कांग्रेसले यी समस्याहरुलाई गम्भीर रुपमा लिएर अघि बढ्नुपर्ने बताए । कांग्रेसको मधेश सम्मेलनमा मधेशका समस्याको विषयमा छलफल गर्न महामन्त्री थापाले आग्रह गरे । ‘मधेश प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परेको, वैदेशिक रोजगारमा जाने यहीँबाट धेरै छन्, तर गरिबी किन नघटेको ? ५७ प्रतिशत किसानलाई किन बर्षभरि खान पुग्दैन ? यो विषयमा प्रदेश सम्मेलनमा समीक्षा गरौं’, उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आउँदो कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने

काठमाडौँ – प्रतिपक्षी दलहरूले सरकारलाई दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिएको छ। सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको आशंका भइरहेका बेला विपक्षी

काठमाडौँ- अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी नभएको स्पष्टीकरण दिएका छन्। सरकारले

काठमाडौँ –  सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग