"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंमा आजदेखि सुर्तीजन्य वस्तु बिक्री निषेध

प्रकाशित मिति :  २७ मंसिर २०८०, बुधबार ११:३३


काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको थियो ।

महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत पूर्णतया रोक लगाएको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले यसअघि काठमाडौं महानगर भित्र यस्ता वस्तुको बिक्री वितरण भएको पाइएमा महानगर प्रहरीले जफत गर्ने र व्यापारीमाथि अधिकतम कारबाही समेत हुने बताएका थिए ।

काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम