"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मालपोतका नायब सुब्बासहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  २३ कार्तिक २०८०, बिहीबार १८:१८


काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जाजरकोट। भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ। जिल्ला विपद् जोखिम

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको

काठमाडौं । सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका