"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हाडजोर्नीको दुखाइ कम गर्न यी हुन् उपाय

प्रकाशित मिति :  २१ कार्तिक २०८०, मंगलवार १३:४४


काठमाडौं । हाम्रो शरीरका हाडजोर्नी दुख्नु एउटा समस्या हो । यो समस्याले दीर्घकालीन समस्यासमेत निम्त्याइरहेको हुन्छ । आजकल युवासमेत हड्डी दुख्ने समस्याबाट पीडित भएको पाइन्छ । बाथ तथा हाडजोर्नीका बिरामीका लागि जाडोयाम झनै कष्टकर हुने गर्छ । तसर्थ, यो समयमा बिरामीसमेत बढ्ने गरेका छन् । तर, हामीले आफ्नो जीवनशैलीमा ध्यान दिन सके हाडजोर्नीसम्बन्धी समस्याबाट राहत पाउन सकिन्छ । 

भिटामिन डी
भिटामिन डीको कमीका कारण हड्डी कमजोर हुने, बच्चामा रिकेट्स हुने हुन्छ । साथै, गर्भवती महिला र बच्चामा नकारात्मक असर पर्ने भएकाले भिटामिन डी प्रचुर मात्रामा पाइने खानेकुरा सेवन गर्नुपर्छ । बिहानको घाम ताप्नुपर्छ । कलिलो घाम भिटामिन डीको राम्रो स्रोत हो । 

सक्रिय जीवन
विलासी भएर सधैँ निष्क्रिय जीवनशैली अपनाउँदा हाडजोर्नीमा समस्या पैदा हुन्छ । तसर्थ, दैनिक व्यायाम, पैदल यात्रा गर्ने गर्नुपर्छ । बिहान उठ्नेबित्तिकै तन्किने गर्नाले समेत शरीर सन्तुलनमा रहन मद्दत पुर्‍याउँछ ।

सावधानी अपनाउने
काम गर्दा, घरमै बस्दा वा अन्य विविध क्रियाकलाप गर्दा कहिलेकाहीँ खुट्टा मर्किने, जोर्नी दुख्ने आदि हुने गर्छ । भन्नेबित्तिकै उपचारका लागि चिकित्सककहाँ पुग्न गाह्रो हुन्छ । यस्तो अवस्थामा आफैँले सामान्य घरेलु उपचार गरेर समस्याबाट बच्न सकिन्छ । बरफपानीले सेक्ने गर्नुपर्छ । जसले चोट लागेको ठाउँमा सुन्निन दिँदैन । उक्त ठाउँमा रक्तप्रवाहलाई सहज बनाउन राम्ररी पट्टी बाँध्नुपर्छ । हाडजोर्नीको समस्याबाट बच्न स्वस्थ बानी अपनाउन जरुरी छ । तसर्थ, ढाडलाई सीधा राखेर सही तरिकाले बस्ने, सुत्दा तकिया राख्ने, धेरै भारी सामान नउठाउने, कपडा र जुत्ता सजिलो खालको मात्र लगाउने आदि जस्ता सावधानी अपनाउन सकेमा हाडजोर्नीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

कस्तो खानपान गर्ने ?
हड्डीलाई स्वस्थ राख्न क्याल्सियम, भिटामिन डी तथा पोषणयुक्त खानेकुरा आवश्यक हुन्छ । तसर्थ, पौष्टिक तत्व पाइने पदार्थ नियमित खाने गर्नुपर्छ । च्याउ, सुन्तलाको रस, पनिर, दूधलगायतमा भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । यस्ता खानेकुराले हड्डी स्वस्थ राख्न मद्दत गर्छ । 

आल्मन्ड, सोयाबिन, ओट्सलगायत खानेकुरामा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ । ब्रोकाउली, बन्दा, सागलगायत हरियो सागसब्जी प्रशस्त मात्रामा खानुपर्छ । माछा पनि भिटामिन डीको राम्रो स्रोत हो । यसमा पाइने ओमेगा–३ फ्याटी एसिड स्वास्थ्यका लागि निकै लाभदायक छ । 

भिटामिन सीले रोगप्रतिरोधी क्षमता बढाउँछ र कोलाजनको उत्पादनमा सहयोग गर्छ । हड्डीको टिस्युका लागि यो निकै महत्वपूर्ण छ । त्यही कारण किवी, भुँइकटहर, चेरीलगायत सिजनअनुसारका फलफूल प्रशस्तै लिनुपर्छ । अन्डा पनि प्रोटिन र भिटामिन डीको राम्रो स्रोत हो । यसले पनि शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । आलस, चिया सिड्स, आल्मन्ड, डार्क चकलेटलगायतले पनि हड्डी बलियो बनाउन सहयोग गर्छ । खानामा नुनको मात्रा कम हुनु राम्रो हुन्छ । त्यस्तै, चिल्लो पनि कम गर्नुपर्छ । जंकफुड र मैदाबाट बनेका खानेकुरा नखानु राम्रो हुन्छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको

काठमाडौं । सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

काठमाडौं / रासस । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ