"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारी बिदा कटौती गर्न सांसद प्रेम सुवालको माग

प्रकाशित मिति :  १२ कार्तिक २०८०, आईतवार १५:३९


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले हाल रहेको सरकारी बिदामा एक चौथाइ कटौती गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सरकारी बिदा धेरै भएको जनगुनासो सम्बोधन गर्न तत्काललाई एक चौथाइ बिदा कटौती गर्ने’ सरकार समक्ष सांसद सुवालले माग राखेका छन् । विकसित देशहरुमा भन्दा धेरै बिदा नेपालमा रहेको भन्दै उनले कटौतीको माग राखेका हुन् ।

सरकारले २ चैत २०७९ मा राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छ । जसमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती समेत समावेश छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको

काठमाडौं । सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

काठमाडौं / रासस । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ