"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रसंघका महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउने

प्रकाशित मिति :  ३० आश्विन २०८०, मंगलवार १८:५९


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो । यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो ।

इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो । स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

‘यूएन महासभाका क्रममा प्रधानमन्त्रीले दिनुभएको निम्तोलाई माने महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउनु हुने भएको छ’, मल्लले भने, ‘उहाँको भ्रमण पूर्वनिर्धारित भएकाले यसअघि तय भएको एजेन्डामा छलफल हुनेछ । त्यसपछि उहाँ १५ कात्तिकमा फर्किने कार्यक्रम रहेको छ ।’

राष्ट्रसंघका महासचिव गुटेरेसले भ्रमणका क्रममा यूएन महासभामा प्रधानमन्त्री प्रचण्डले राखेका विषयमा छलफल हुने उनको भनाइ छ । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको संगठन (एलडीसी) र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा अध्यक्ष मुलुकको हैसियतमा विषय राखेका थिए ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले यीनै विषयमा सरोकारवाला पक्षहरूसँग संवाद गर्नेछन् । शान्ति प्रक्रियाका विषयमा सरकारमा रहेका सम्बन्धित सबै राजनीतिक दलका प्रतिनिधिसँग संवाद गर्ने सम्भावना रहेको छ । यद्यपि, त्यसको कार्यातालिका अझै तय भइसकेको छैन ।

त्यसबाहेक जलवायु परिवर्तनका कारण देखिएका असरका विषयमा छलफल हुनेछ भने महासचिव गुटेरेसलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराइने भएको छ । यस्तै भ्रमणका क्रममा एलडीसीमा स्तारोनतिका लागि सदस्य राष्ट्र रहेका ४७ वटा मुलुक तथा अध्यक्ष राष्ट्र रहेको नेपालका विषयमा समेत छलफल हुनेछ । भ्रमणका क्रममा गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन्। नेपाली सेनाको मुख्यालय

काठमाडौँ । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।  मंगलबार बेइजिङमा विदेशमन्त्री वाङ यी र मन्त्री