"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

प्रकाशित मिति :  १४ चैत्र २०८०, बुधबार ११:४६


काठमाडौँ । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।  मंगलबार बेइजिङमा विदेशमन्त्री वाङ यी र मन्त्री श्रेष्ठबीच भेटवार्ता भएको श्रेष्ठको सचिवालयले जनाएको छ। 

भेटमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्‍त्रालयले जनाएको छ। यस्तै विभिन्न आयोजनाहरू कार्यान्वयनमा द्रुत अगाडि बढाउन जोड दिइने मन्त्रालयले उल्लेख गरेको छ। नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो । 

आइतबार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ चीन गएका थिए। भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।  सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको