"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान दिवस विशेष समारोह [फोटो फिचर]

प्रकाशित मिति :  ३ आश्विन २०८०, बुधबार १२:२४


काठमाडौं। नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ । 

संविधान दिवस मूल समारोह समितिले असोज २, ३ र ४ गते विशेषरूपमा संविधान दिवस मनाउन आह्वान गरे अनुसार देशभर विभिन्न कार्यक्रमका साथ सातै प्रदेश तथा स्थानीय तहमा पनि संविधान दिवस मनाउने क्रम जारी छ ।  

यसैक्रममा अहिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले आयोजनामा विशेष कार्यक्रम आयोजना गरेको छ । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएकाले समारोहमा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संवैधानिक निकाय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको छ ।

नेपाली सेनाद्वारा सैनिक–मञ्च, टुँडिखेल, काठमाडौँमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने, तोप र बन्दुकको बढाइँ, सबै मठ–मन्दिर, बुद्ध–विहार, मस्जिद, चर्च, गुरुद्वारलगायतका धार्मिक स्थलहरूमा नित्य–पूजा, पाठ गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि जीवन उत्सग गर्ने ज्ञात–अज्ञात सहिदहरूको आत्माको चीरशान्तिको कामनासहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गरिएको छ । 

आज टुँडिखेलमा मूल समारोहको औपचारिक कार्यक्रम आयोजना भइरहेको छ । आम नागरिकका घर–घरमा र सबै सरकारी, सार्वजनिक, सामुदायिक, सहकारी एवम् सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिक सङ्घ–संस्था एवम् प्राज्ञिक प्रतिष्ठानमा दीप प्रज्वलन गरिने कार्यक्रम पनि छ ।

यसैगरी, असोज ४ गते रेडियो नेपाल तथा टेलिभिजनबाट संविधान दिवसको अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य सञ्चार माध्यमले संविधानसँग सम्बन्धित सामग्री प्रकाशन/प्रसारण गर्ने छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम