"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

प्रकाशित मिति :  २९ भाद्र २०८०, शुक्रबार १८:५५


काठमाडौँ । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ८ विभिन्न निर्णय गरेको हो। बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने निर्णय गरेको छ।

यस्ता छन् अन्य निर्णय :

  • सिँचाइ नीति, २०८० स्वीकृत गर्ने। 
  • संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने। 
  • नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने। 
  • विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने। 
  • सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने।
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानका लगि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालय शीतलनिवासमा

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो