"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा सदस्य पद एक रिक्त भएको सदनलाई जानकारी

प्रकाशित मिति :  २९ भाद्र २०८०, शुक्रबार १५:०५


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा इलाम निर्वाचन क्षेत्र नम्बर-२ रिक्त भएको जानकारी गराइएको छ। सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन्।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएको छ।

संविधानको धारा ८९ को च मा प्रतिनिधिसभा सदस्यको मृत्यु भएमा निज निर्वाचित क्षेत्र रिक्त हुने व्यवस्था छ। सोहीअनुसार सभामुख घिमिरेले इलाम निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको जानकारी दिएका हुन्। उक्त क्षेत्रमा अब उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य चयन हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हाङझाउ एसियाली खेलकुद अन्तर्गत