"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मान सहित गर्ने सरकारको निणर्य

प्रकाशित मिति :  २६ भाद्र २०८०, मंगलवार १५:५६


काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेको छ।

पर्यटन मन्त्री सुदन किराँतीका अनुसार संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको भूमिकाको सम्मान गर्दै राष्ट्रिय सम्मान दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। ‘राजकीय सम्मान दिने र जुन दिन अन्त्येष्टि गर्ने हो त्यो दिन सरकारले बिदा दिने निर्णय भएको छ,’ उनले भने, ‘छोराहरू विदेशमा हुनुहुँदो रहेछ। उहाँहरू आएपछि अन्त्येष्टि गर्ने परिवारका सदस्यहरूले बताउनुभएको रहेछ।’

हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो। २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। ०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ ०७८ मंसिरमा चितवनको सौराहमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए। एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्।

नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री