"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामती दिवसका अवसरमा ४० जना कर्मचारी पुरस्कृत

प्रकाशित मिति :  २२ भाद्र २०८०, शुक्रबार १२:११


काठमाडौँ । व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ २०औँ निजामती सेवा दिवस मनाइँदैछ।

२०६० सालदेखि मनाउन थालिएको यो दिवसमा सरकारले ४० जना पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ। बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनोट गरेको छ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीहरूमा धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का छन्।

यसै गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लामिछाने, मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार केसी रहेका छन्।

त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभ लक्ष्मी लामा रहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हाङझाउ एसियाली खेलकुद अन्तर्गत