"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इमरान खानलाई विशेष अदालतले फेरि थुनामा पठायो

प्रकाशित मिति :  १२ भाद्र २०८०, मंगलवार १७:३२


एजेन्सी । तोशाखाना मामिलामा अटक जेलमा थुनामा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथिको सजायलाई इस्लामावाद उच्च अदालतले रोक लगाएको छ । इस्लामावादको जिल्ला अदालतले ५ अगस्टमा तोशाखाना मामिलामा इमरानलाई दोषी ठहर गर्दै ३ वर्ष जेल र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

त्यो फैसला विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत इस्लामावादका प्रमुख न्यायाधीश आमिर फारुकले कारबारी रोक्न र पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।

इमरानका वकिल सलमान सफदरले यो आदेश आउनुअघि नै इमरानलाई  अन्य मामिलामा पक्राउ नगर्नका लागि अनुरोध गर्दै इस्लामावाद उच्च अदालतमा निवेदन दिएका छन् । तर पनि २२ दिनदेखि अटक जेलमा रहेका खान रिहा हुन्छन् कि हुँदैनन् भन्ने अन्योल छ ।

किनकि इस्लामावादकै विशेष अदालतले उनलाई सिफर मामिलामा थुनामा राख्नका लागि आदेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष

एजेन्सी । क्यानडामा मारिएका पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको हात भएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले

एजेन्सी । भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा तिक्तता बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका

काठमाडौं । भारतको नयाँदिल्लीमा आयोजित जी-२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् । सम्मेलनले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर घोषणासमेत