"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुखले राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दै

प्रकाशित मिति :  ३ भाद्र २०८०, आईतवार १२:३३


काठमाडौँ । संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुख घिमिरेले आइतबार बिहान ११ बजे सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ। आइबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा स‌संद्‍को बैठक बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी