"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

प्रकाशित मिति :  १ भाद्र २०८०, शुक्रबार १५:१५


काठमाडौँ । सरकारले श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १७ हजार ३०० तोकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार २०८० साउन १ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो।

मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएको छ। तर यहाँ चियाबगानका श्रमिकको बाहेक भनिएको छ। राजपत्रमा चिया बगानका श्रमिकको ज्याला १३ हजार ८९३ तोकिएको छ।

वृद्धि भएको पारिश्रमिकमा चिया बगानका श्रमिकका लागि ८ हजार ९३४ आधारभूत र ४ हजार ९ सय ५९ महँगी भत्ता गरेर मासिक १३ हजार ८९३ तोकिएको हो।

चिया बगानका श्रमिकलाई आधारभूत र महँगी भत्ता जोडेर दैनिक ५०० पारिश्रमिक निर्धारण गरिएको छ। यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ रुपैयाँ निर्धारण गरिएको छ।

पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्य रूपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ।

न्यूनतम पारिश्रमिक निर्धारण गर्ने स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेकोभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हाङझाउ एसियाली खेलकुद अन्तर्गत