"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटार प्रकरणमा मुछिएका न्यायाधीश गौतमको मुद्दा क्षेत्राधिकार नभएको भन्दै बदर

प्रकाशित मिति :  १३ फाल्गुन २०७८, शुक्रबार १६:४१


काठमाडौं । सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ।

विशेष अदालतमा दायर भएको गौतमविरूद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो।

अख्तियारले न्यायाधीश गौतमविरूद्ध अख्तियारले २०७६ माघ २२ गते बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको भन्दै उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउने क्षेत्राधिकार नभएको भन्दै न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले उक्त मुद्दा बदर गरेको हो।

गौतम भूमिसुधार मन्त्रालयमा उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको अख्तियारको आरोप थियो।

न्यायाधीश गौतम चितवन जिल्ला अदालतमा कार्यरत हुँदा बालुवाटार जग्गा प्रकरणबारे अनुसन्धान र अभियोजन भएको थियो। मुद्दा चलेपछि न्यायाधीश गौतम निलम्बनमा परेका थिए। सर्वोच्चले आदेश दिएसँगै उनी पदमा बहाल भएका छन्।

उनी न्यायाधीश हुनुपूर्व अनुसन्धान नगरेको, उनलाई निलम्बन गर्ने संवैधानिक गर्ने अधिकार अख्तियारलाई नभएको, न्यायाधीशलाई कारबाही गर्ने अधिकार भएको न्यायपरिषदलाई पूर्वजानकारी र सहमतिसमेत नलिएको लगायतका आधारमा मुद्दा बदर गरिएको आदेशमा उल्लेख छ।

न्यायाधीशहरूको भ्रष्टाचार अनुसन्धान र कारबाही गर्ने संवैधानिक अधिकार न्यायपरिषदलाई मात्र रहेको, अख्तियारको छानबिनबाट न्यायाधीशले भ्रष्टाचार गरेको देखिए परिषदलाई नै लेखी पठाउन सक्ने सर्वोच्चको आदेशमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको

काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण गतिरोध उत्पन्न अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकलाई छलफलका लागि बोलाएका छन्। दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा सभामुखले कानून,

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा